नेपाल लिटरेचर फेस्टिभलमा ‘एभ्रिथिङ द लाइट टचेज’ को चर्चा
पाेखरा | फागुन ५, २०८०
पोखरा: ११ औँ संस्करणको नेपाल लिटरेचर फेस्टिभलमा ‘एभ्रिथिङ द लाइट टचेज’ उपन्यासबारे चर्चा भएको छ ।
फेस्टिभलका लागि पोखरा आइपुगेकी पुस्तक लेखिका जेनिस प्यारियट ले पुस्तक लेखनले जीवनमा परिवर्तन ल्याउने सुनाईन् ।
फेस्टिभलको तेस्रो दिनको सत्रमा उनको पुस्तक विषयमा भएको चर्चामा सहजकर्ताको भूमिका प्रतिभा तुलाधरले निभाएकी थिईन् । सत्रमा प्यारियटले पुस्तक लेखनले उनको जीवनमा कस्तो प्रभाव पारेको छ भन्ने कुरा बताइन् ।
‘पुस्तक लेख्दा कसैको जीवन परिवर्तन हुनुपर्छ भन्ने मेरो मान्यता छ किनभने लेख्न थालेको बेलामा तपाई जस्तो हुनुहुन्थ्यो त्यो व्यक्ति होइन,’ प्यारियटले भनिन् ।
उनको पुस्तक एभ्रिथिङ द लाइट टचेज वर्गीयकरण, उपनिवेशवाद, उत्तर–औपनिवेशिकता, जस्ता विषयवस्तुहरू खोतल्ने उपन्यासको रूपमा चिनिन्छ । यसले प्रकृति र विज्ञान विषयमा गहिरो तथ्य देखाउँछ । जून समकालीन समाजको लागि महत्त्वपूर्ण सान्दर्भिकता राख्छ ।
यो पुस्तकले लेखिका स्वयंलाई पनि संसारलाई फरक ढंगमा हेर्ने सिकाएको बताउँछिन् ।
प्यारियटले भनिन्, ‘एभ्रिथिङ द लाइट टचेज: ए उपन्यास’ लेख्दै गर्दा मलाई संसारलाई कसरी हेर्न सिकाइएको थियो त्यसलाई फरक ढंग र नयाँ प्रक्रियाले हेर्ने सिकायो ।’ जसकारण पनि प्यारियटले पुस्तक लेख्दा परिवर्तनको आशा राख्छिन् । पुस्तक लेख्दै गर्दा उनी नयाँ व्यक्तिको रुपमा परिवर्तन हुने बताउँछिन् ।
प्यारियटले थपिन्, ‘पुस्तक लेख्दा सधैं परिवर्तनको आकांक्षा राख्छु । यसले मलाई नयाँ व्यक्ति र नयाँ लेखक बन्न चुनौती दिन्छ ।’
सत्रमा छलफलका क्रममा, प्यारियटले उपन्यासको दुई पात्रहरू, गेर्टा र शाइले संसारलाई हेर्ने दृष्टिकोणलाई कसरी फरक पार्छन् भनेर प्रकाश पारिन् ।
‘म जस्तै उत्तरपूर्वी भारतबाट आएका गेर्टा र शाईले विश्वलाई हेर्ने वैकल्पिक तरिका प्रदान गर्छन्,’ उनले थपिन्, ‘उपन्यासले धेरै प्रश्नहरू खडा गर्छ, जसको एउटा केन्द्रीय जिज्ञासा छ हामी संसारलाई कसरी बुझ्छौं ?’
उनको लागि पनि यो प्रश्न निकै महत्वपूर्ण रहेको सुनाइन् । कुनैपनि विषय बुझनका लागि व्यक्तिले त्यो वस्तु वा विषयसँग कसरी आफूसँग सम्बन्ध राख्छ महत्वपूर्ण रहेको उनको भनाइ थियो ।
काठमाडौं: आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मेदवारले सवारीसाधनको प्रयोग गर्न नपाउने व्यव...
गोरखा: गोरखा र लमजुङ जोड्ने बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेलको विकासका लागि दुई जिल्लाका पाँच पालिका जुटेका छन् । सो ट्रेलअन्तर्गत पर्ने गोरखाको बारपाक सुलिकोट र अजिरकोट गाउँपालि...
ताप्लेजुङ: बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख वेदप्रसाद गौतमका अनुसार मैवाखोला गाउँपालिका–३, लेकुवाका २६ वर्षका फुर्वा...

